१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

राजापुरका बाढी पीडितलाई नभेटी फर्किए प्रधानमन्त्री

कमल पन्थी

बर्दिया — बर्दियाको राजापुरमा बाढीको क्षतिबारे जानकारी लिन आएका प्रधानमन्त्री शेरबहादुर देउवा यहाँका बाढी पीडितलाई नभेटी काठमाडौंका लागि फर्किएका छन् ।

राजापुरका बाढी पीडितलाई नभेटी फर्किए प्रधानमन्त्री


शुक्रबार बिहान ११ बजे आउने कार्यक्रम रहे पनि उनी दिउँसो करिब २ बजे मात्रै यहाँ आइपुगेका थिए । सुदूरपश्चिम प्रदेशबाट हेलिकप्टरमा आएका प्रधानमन्त्री देउवा राजापुरस्थित अमर सहिद दशरथ चन्द माविको चौरमा बनाइएको हेलीप्याडमा उत्रेर त्यहाँ बनाइएको मञ्चमा केहीबेर बसेपछि फर्किएका हुन् ।

उनले सम्बोधन गर्दै काठमाडौं पुगेर पीडितलाई राहत र क्षतिपुर्ति दिने निर्णय गर्ने भने बताए । उनीसँगै अर्थमन्त्री जनार्दन शर्मा लगायत केही सांसद आएका थिए । प्रधानमन्त्री देउवा बाढीग्रस्त क्षेत्रका बासिन्दालाई नभेटेकोमा लुम्बिनी प्रदेशसभाका सदस्य दीपेश चौधरी लगायत केही स्थानीय नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रकाशित : कार्तिक ५, २०७८ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?