१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बेमौसमी वर्षाले पाल्पाका ५३४ हेक्टर धानखेतीमा क्षति 

माधव अर्याल

पाल्पा — बेमौसमी वर्षाले पहाडी जिल्ला पाल्पामा ५ सय ३५ हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्रको प्रारम्भीक विवरण अनुसार २ सय ६९ दशमलव ७५ हेक्टर क्षेत्रफलको काटिएको धानबाली बगाएको छ ।

बेमौसमी वर्षाले पाल्पाका ५३४ हेक्टर धानखेतीमा क्षति 

यसैगरी २ सय ६४ दशमलव ७५ हेक्टर क्षेत्रफलको धानबाली ढालेर क्षति पुगेको केन्द्रका प्रमुख कामना अधिकारी भट्टराईले जानकारी दिइन् ।

केही पालिकामा फोन सम्पर्क नभएकाले सबै तथ्यांक अझै आइसकेको नसकेको केन्द्रले जनाएको छ । तथ्यांक संकलनको काम भइरहेको र शुक्रबारसम्म सबै स्थानीय तहबाट आइसक्ने प्रमुख भट्टराईले बताइन् । ‘वर्षा रोकिएकाले सबै विवरण प्राप्त हुनेछ,’ उनले भनिन्, ‘क्षतिको पूर्ण विवरण त्यसपछि मात्र आउने छ ।’ उनका अनुसार जिल्लामा ८ हजार ८ सय ४० हेक्टर क्षेत्रफलमा धान खेती लगाइन्छ ।

अविरल वर्षाले माडीमा पाक्न लागेको धानबालीमा खोला पसेको थियो । चिदीपानीको बुढीकोट, माडी, हुमीनको बग्चौरको तल्लो भाग, खहरे, कसेनी, पोखराथोकको तल्लो भाग, चिर्तुङधारा, दमकडा नजिकको खेतबालीमा खोला पसेको छ । बाँसटारीमा पनि खोला पसेर धानबालीमा क्षति पुगेको कृषकहरूले जानकारी दिएका छन् ।

माथागढी, बगनासकाली, रम्भा र तानसेन नगरपालिकाका विभिन्न स्थानमा पाक्न लागेको धानमा खोला पसेको बुढीकोटकी स्थानीय बिष्णु कुमारी घिमिरेले बताइन् । वर्षाले जिल्लाका अन्य स्थानमा पनि काटेको धान बालीमा ठूलो क्षति पुगेको छ । अर्गली, कचल, रामपुर, झडेवा, पूर्वखोला, अरुणखोला, कालीगण्डकी टार बेसीमा धानबाली लगाइन्छ ।

प्रकाशित : कार्तिक ४, २०७८ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?