कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

भन्सार छलेर नेपाल भित्र्याइएका सामाग्री बरामद

माधव ढुंगाना

भैरहवा — भन्सार छलेर नेपाल भित्र्याइएको १६ लाखभन्दा बढी मूल्यका विभिन्‍न सामान रुपन्देही प्रहरीले बिहीबार बिहान सिमावर्ती नेपालको एक गाउँबाट बरामद गरेको छ ।

भन्सार छलेर नेपाल भित्र्याइएका सामाग्री बरामद

भैरहवादेखि करिब १२ किमी पूर्व रोहीणी गाउँपालिकामा पर्ने सिमावर्ती गाउँ भगवानपुरबाट ती सामान प्रहरीले बरामद गरेको हो । बरामद गरिएको सामानमा, टिसर्ट, साडी, मोबाइल डिस्प्ले, सर्ट, बच्चाको सेट कपडा, चुन्नी, टप्स, लेहेगांलगायतका छन् ।

सामान बरामद गरिएको स्थानबाटै प्रहरीले सामान ओसार्नका लागि प्रयोग गरिएको लु १२ प ४०५७ नम्बरको पल्सर मोटरसाइकल पनि बेवारिसे अवस्थामा बरामद गरेको छ । रुपन्देहीका एसपी मनोज केसीले प्रहरीलाई देख्नासाथ तस्करको समूह मोटरसाइकल र सामान छाडेर फरार भएको बताए । बरामद गरिएको सबै सामान र मोटरसाइकल बिहीबार नै भैरहवा भन्सार कार्यालयमा चलान गरिने जानकारी दिए ।

रुपन्देही प्रहरीले बुधबारपनि जिल्लाको विभिन्न स्थानबाट यसरी नै भन्सार छलेर नेपाल भित्र्याइएका ३ लाख १३ हजार बराबरको तयारी पोशाक, सिरकको खोल, मसाला, जुत्ता लगायतका विभिन्न खाद्य सामाग्री बरामद गरेको थियो ।

एसपी केसीले गत वैशाखदेखि हालसम्म भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याइएका ५ करोड ९६ लाख रुपैयाँ मूल्यका विभिन्न सामान बरामद गरी भन्सार पठाइएको जानकारी दिए ।

प्रकाशित : कार्तिक ४, २०७८ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?