बर्दियाका बस्ती डुबिसकेपछि भारतले गिरिजापुरी बाँधको ढोका खोल्यो

कमल पन्थी

बर्दिया — भारतले कर्णाली नदीमा निर्माण गरिएको गिरिजापुरीस्थित घाघरा बाँधका ढोका खोलेको छ । बाँधका सबै ढोका खोलिएको स्थानीय प्रशासनले जनाएको छ । 

बर्दियाका बस्ती डुबिसकेपछि भारतले गिरिजापुरी बाँधको ढोका खोल्यो

बाँधको ढोका खोलेपछि राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको तटीय क्षेत्रमा बाढीको पानी घट्दै गएको छ । कर्णालीमा बाढी आउनुपूर्व भारतीय सीमानामा निर्माण गरेको घाघरा बाँधको ढोका बन्द गरेको थियो । ढोका बन्द गरेका कारण राजापुर नगरपालिका र गेरुवा गाउपालिकाका अधिकांश वडा डुबानमा परेको गेरुवा गाउँपालिका अध्यक्ष जमानसिंह केसीले बताए ।

भारतको गिरिजापुरीमा निर्माण गरिएको बाँधमा ३५ वटा ढोका रहेका छन् । तीमध्ये अधिकांश ढोका बन्द गरिएको थियो । ढोका बन्द गर्दा कर्णालीको बाढीले राजापुर र गेरुवाका अधिकांश वडा डुबानमा परेको राजापुर वडा नम्बर ४ का वडा अध्यक्ष रमण रेग्मीले बताए । ढोका बन्द गरेको जानकारीपछि प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार र भारतको छिमेकी जिल्लाका समकक्षीसँग यस विषयमा छलफल भएको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : कार्तिक ४, २०७८ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?