२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

वर्षाले लुम्बिनीको एक तिहाइ धानबालीमा क्षति

अमृता अनमोल

बुटवल — वर्षाले लुम्बिनी प्रदेशको १ लाख ३० हजार हेक्टरभन्दा बढी धानखेतीमा क्षति पुर्‍याएको छ । काटिसकिएको धानको पाजा बगेको छ भने काट्न बाँकी धानको बोटसमेत ढलेको छ ।

वर्षाले लुम्बिनीको एक तिहाइ धानबालीमा क्षति

लुम्बिनी प्रदेशमा ३ लाख १७ हजार ४ सय १४ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । त्यसमध्ये एक तिहाइमा क्षति पुगेको हो ।

प्रदेशको कृषि निर्देशनालयका अनुसार वर्षाले १ लाख ३० हजार ५६ हेक्टरमा लगाइएको धानबाली नोक्सान गरेको छ । त्यसमध्ये ३६ हजार ४ सय ८० हेक्टरको धान काटेर राखेकै ठाउँमा डुबेको छ ।

यस्तै काट्न बाँकीमध्ये ९३ हजार ५ सय ७६ हेक्टर खेतको धानबालीमा क्षति पुगेको छ । निर्देशनालयकी कृषि प्रसार अधिकृत आशा भण्डारीले सबैभन्दा धेरै कपिलवस्तु, बर्दिया र रुपन्देहीमा क्षति भएको बताइन् । वर्षा नरोकिएकाले क्षतिको विवरण अझ बढ्ने उनको भनाइ छ ।


प्रकाशित : कार्तिक ३, २०७८ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?