१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

घोडाहा पुलको डाइभर्सन बगेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सन्जु पौडेल

लुम्बिनी — आइतबार साँझदेखि परेको पानीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

निरन्तरको पानीले रुपन्देहीको देवदह–७ शीतलनगरस्थित घोडाहा पुलमा निर्मित डाइभर्सन बगाएपछि सवारी गुड्न बन्द भएको र राजमार्ग अवरुद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । पुल भासिएपछि भैरहवा–परासी हुँदै सवारी साधन आवागमन गराइएको उनले जनाए ।

गत भदौमा आएको बाढीका कारण घोडाहा पुल भत्किएपछि डाइभर्सन बनाइ सवारी आवागमन गराइएको थियो । उक्त डाइभर्सनको एक भाग आइतबार बिहानैदेखि जोखिमपूर्ण बनेपछि एकतर्फी साधन गुडिरहेकामा पानी परिरहेपछि डाइभर्सन नै बगाएको उनले बताए ।


प्रकाशित : कार्तिक १, २०७८ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?