३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अर्घाखाँचीमा अरिंगालले टोकेर ७ कृषक घाइते, ३ को अवस्था गम्भीर

वीरेन्द्र केसी

अर्घाखाँची — खेतमा धान काट्दै गर्दा अरिंगालले टोकेर ७ जना कृषक घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ ।

सितगंगा नगरपालिका–२ वाणगंगा खोला नजिकै खेतमा धान काट्दै गर्दा आइतबार दिउँसो कालो अरिंगालले टोकेर सीतापुर झिर्रा गाउँका २१ वर्षीय किरण क्षेत्री, २४ वर्षीया सञ्जु क्षेत्री र १६ वर्षीया करिना क्षेत्री गम्भरी घाइते भएका छन् ।

उनीहहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि थप उपचारको लागि बुटवल पठाइएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले बताए । सोही गाउँका अरु चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

धान कटिरहेको बेला खेतको आलीमा लुकेर बसेको अरिंगालले उनीहरुलाई टोकेको थियो। घटनापछि आलीमा हेर्दा अरिंगालको गोलो देखिएको स्थानीयहरुले बताएका छन् । धान काट्दै गर्दा गोलो हल्लिएपछि अरिंगालले कृषकलाई आक्रमण गरेको हुनसक्ने बेल्वासेले बताए ।

प्रकाशित : आश्विन ३१, २०७८ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?