कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भन्सार छलेर ल्याइएका ९ सय थान मोबाइल बरामद

रूपा गहतराज

नेपालगन्ज — अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरिएका ९ सय थान मोबाइल बाँके प्रहरीले बरामद गरेको छ।

चोरी पैठारी गरी ल्याइएको ६ लाख ३० हजार रुपैयाँ बराबरको ९ सय थान मोबाइल नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ बाट प्रहरीले बरामद गरेको हो।

बाँके प्रहरीका अनुसार बरामद गरिएका ती मोबाइल भारतीय बजारबाट भन्सार छलेर ल्याइएका थिए । प्रहरीले बरामद भएको मोबाइल आइतबार नै भन्सार कार्यालयलाई बुझाएको जनाएको छ।

प्रकाशित : आश्विन ३१, २०७८ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?