कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नदीमा डुबेर एकको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा दुर्गा मूर्ति बिसर्जन गर्ने क्रममा एक जना युवाको डुबेर मृत्यु भएको छ । दानव नदी र तिनाउ नदीको संगमस्थल कोटहीमाई गाउँपालिका-५ स्थित दुई मुहानमा कोटहीमाई-४ कदमहवाका अन्जादी १९ वर्षीय अनिल चौधरीको नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो । 

दुर्गा मूर्ति बिसर्जनका क्रममा मृत्यु भएका चौधरीको खोजतलास पश्चात आइतबार बिहान अन्दाज ७ बजे घटनास्थल भन्दा ५ सय मिटर तल झाडीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक भाष्कर चन्दले बताए ।

शुक्रबारदेखि नै मूर्ति बिर्सजन गर्न नदीमा आएका स्थानीयलाई सावधानी अपनाउन आग्रह गरिएको इलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले बताए ।

‘शनिबार दिउँसो साढे २ बजे मूर्ति बिसर्जन गर्न आएकामध्ये युवामध्ये केही युवा पानीमा पसेर पौडी खेल्न थाले,' उनले भने, 'पौडी खेल्ने क्रममा एक जना युवा डुबेर वेपत्ता भएका थिए ।' शव पोष्टमार्टम पश्चात परिवारलाई बुझाइएको चन्दले जनाए ।

गत वर्ष सोही स्थानमा मूर्ति बिसर्जन गर्न गएका सम्मरीमाई-६ महदेहियाका मुकेश चौधरीको पौडी खेल्ने क्रममा मृत्यु भएको थियो । नदीमा डुबेर वेपत्ता भएका चौधरीको शव २० घण्टापछि फेला परेको थियो ।

प्रकाशित : आश्विन ३१, २०७८ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?