कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेकपा नेता चन्दको दाहसंस्कार

मनोज पौडेल

कपिलवस्तु — नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ६१ वर्षे चन्द्रबहादुर चन्दको शनिबार कपिलवस्तुको शिवराज नगरपालिकामा दाहसंस्कार गरिएको छ । चन्दको चिरई घाटमा अन्तिम संस्कार गरिएको हो । उनको शवमा दुई छोरा बियस र दिलीप चन्दले दागबत्ती दिएका थिए । 

नेकपा नेता चन्दको दाहसंस्कार

नेकपा महासचिव नेत्रविक्रम चन्दका जेठो दाजु चन्द्रबहादुरको उपचारको क्रममा भारतको राजधानी नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा बिहीबार राति ९ बजे निधन भएको थियो । उनी मुटुरोगी थिए । उनको दुई छोरा र एक श्रीमती छन् ।

शुक्रबार राति उनको शव गृहनगर शिवराज नगरपालिकाको भगवानपुर ल्याइएको थियो । शनिबार श्रद्धान्जली सभा आयोजना गरी मृतआत्माको चिर शान्तिको कामना गरिएको थियो । सभामा उनले नेपालमा भएको जनक्रान्तिमा गरेको त्याग, समर्पण र बलीदानीको चर्चा गरिएको थियो ।

सभामा महासचिव चन्द, पूर्वमन्त्री चक्रपाणी खनाल र केन्द्रीय सचिवालय सदस्य, केन्द्रीय सदस्यसहित पार्टीका नेता–कार्यकर्ता र अन्य राजनीतिक दलका नेता कार्यकर्ताले फूलमाला लगाई श्रद्धाञ्जली दिएका थिए ।


प्रकाशित : आश्विन ३०, २०७८ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?