कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

गुल्मीमा जिप दुर्घटना: ३ जनाको मृत्यु

गगनशिला खड्का

काठमाडौँ — गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४४९० नम्बरको जिप बिहीबार राति गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर १० छहरास्थित दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

जिप अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका मुसिकोट नगरपालिका २ निवासी ७० वर्षका क्षेत्र बहादुर थापा, ४६ वर्षका राधिका थापा, १९ वर्षीया संगिता सुनारको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका वडा नम्बर २ निवास २६ वर्षका कमल थापा, सोही स्थान निवासी ४३ वर्षकी खिमा थापा, ३८ वर्षकी जुना थापा,२६ वर्षका राजु थापा,४७ वर्षकी सुमित्रा सुनार र भरतपुर महानगरपालिका निवासी ५० वर्षकी राधा केसी घाइते भएका छन् । जिप सडकदेखि ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित : आश्विन २९, २०७८ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?