१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नवमीमा पाल्पाको ऐतिहासिक भगवती मन्दिरमा श्रद्धालुको भीड 

माधव अर्याल

पाल्पा — दसैंको नवौं दिन महानवमीका अवसरमा बिहीबार बिहानैदेखि पाल्पाका शक्तिपीठहरुमा देवीको दर्शन गर्ने, जमरा चढाउने र भजनकिर्तन गर्नेको घुँईचो लागेको छ । 

नवमीमा पाल्पाको ऐतिहासिक भगवती मन्दिरमा श्रद्धालुको भीड 

तानसेनस्थित रणउजीरेश्वरी भगवती, भैरवस्थान, विभिन्न स्थानमा रहेका देवीका मन्दिर, कोतघरमा पूजा गर्नेको लाइन लागेको छ । रणउजीरेश्वरी भगवतीको मन्दिरमा भवगती जात्राको दिन बिहान र दसैंको नवमीका दिन बढी भीड लाग्ने संस्कृतिविद् राजेन्द्रगोपाल सिंहले बताए ।


महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा देवी देवताका मन्दिर, कोतघर, शक्तिपीठमा श्रद्धालुले लगेर चढाएका छन् । आजैका दिन देवीका मन्दिर र शक्तिपीठमा बोका, हाास, कुखुरा र राागाको बली दिइएको छ । संस्कृतिविद् मदन देउरालीका अनुसार नवमीमा दिनमा जमरा देवी देवतालाई चढाउने प्रचलन रहेको छ ।


पाल्पाका कोतहरुमा हर्षबढाइँका साथ अग्ला डाँडामा रहेका देवीका मन्दिरमा पूजा गरिएको छ । पाल्पाको तानसेनस्थित निशान घरमा निशान भगवती, ऐतिहासिक दसैंघरमा पूजा गरिएको छ ।

पाल्पाको अग्लोडााडामा रहेका मुझुङ्ग, छहरा, भुवनपोखरी, खालीवन, सिलुवा, बिरकोट, गल्धा, ज्यामिरे, अर्चले लगायतका गाउँका कोटघर र देवीको मन्दिरमासमेत दर्शनार्थीको घुँइचो लागेको छ ।

प्रकाशित : आश्विन २८, २०७८ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?