अंश विवादमा भाइद्वारा दाइको हत्या- लुम्बिनी - कान्तिपुर समाचार

अंश विवादमा भाइद्वारा दाइको हत्या

काशीराम डाँगीे

रोल्पा — रोल्पा नगरपालिका–६ दारबोट कोटगाउँमा सोमबार एक बृद्धको घाँटी रेटेर हत्या भएको छ । प्रहरीले ५६ वर्षका बृद्ध आफ्नै घरमा मृत अवस्थामा भेटिएपछि हत्या भएको आशंकामा अनुसन्धान थालेको थियो । बुढाको हत्या अभियोगमा प्रहरीले उनकै भाई अमराज बुढालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए । घटना लगत्तै गरिएको अनुसन्धानका क्रममा अभियोग स्वीकार गरेपनि थप प्रमाण जुटाउन प्रहरीले बाँकेबाट तालिम प्राप्त कुकुर झिकाएको थियो । मंगलबार दिउँसोसम्म घटनास्थलको अनुसन्धान सकिएको प्रनाउ सुवेदीले बताए ।

सुरुमा मृतक पूर्णबहादुर कांग्रेसका क्षेत्रीय प्रतिनिधि निर्वाचित भएकाले राजनीतिक प्रतिसोधबाट घटना भएको हुन सक्ने आशंका गरिएको थियो ।

तर प्रहरीकाअनुसार हत्या अभियोग स्वीकार गर्दै मृतकका भाई अमराजले घरायसी अंशबन्डाको विवादका कारण हत्या गरेको बताएका छन् । अंश बाँडफाँडको विषयमा विवाद भएको र लामो समयदेखि सुल्झन नसकेकाले आगेवमा हत्या गरेको सहोदार भाई अमराजले स्वीकार गरेको प्रनाउ सुवेदीले बताए ।

करिब १४ वर्षअघि श्रीमतीको मृत्यु भइसकेको अवस्थामा मृतक पूर्णबहादुर एक्लै घरमा बस्दै आएका थिए । उनका दुई वटी श्रीमतीबाटका दुई छोरा विदेश छन् भने एक छोरा काठमाडौमा छन् । दुई वटी छोरीको विवाह भइसकेको छ ।

हत्या अभियोगमा पक्राउ परेको मृतका भाई अमराजका दुई वटी छोरी मात्रै छन् । मृतक दाई पूर्णले छोरी मात्रै भएकाले अंश आवश्यक नपर्ने तर्क गर्दै आएका थिए भने भाई अमराजले आफ्नो भागको अंश माग गर्दै आएका थिए ।

स्थानीयकाअनुसार दाजुभाई बीच उक्त विषयमा भएको विवाद बढेर हत्याको घटनासम्म पुगेको हुन सक्ने संभावना छ । स्थानीयका अनुसार मृतक दाजुले भाईलाई अंश नदिई बिक्री गरेर दाङ बसाई सराई गर्ने तयारी भएको विषयमा थप विवाद भएको थियो ।

प्रहरीले मृतक बुढालाई आफ्नै घरमा सोमबार विहान ११ बजे एक्लै मृत अवस्था फेला पारेको थियो । विहान उठेर ढोका नखालेकाले स्थानीयले नजिकै रहेको प्रहरीलाई खबर गरेका थिए । घटनापछि प्रहरीले ढोका फोडेर पूर्णलाई घाँटी रेटिएको अवस्थामा फेला पारेको थियो । घटना स्थलमा प्रनाउ सुवेदी र प्रहरी निरीक्षक सन्तोष केसीको अनुसन्धान टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गर्न र थप प्रमाण जुटाउन तालिम प्राप्त कुकुरले लामो बाटो पच्छ्याएर मृतकको भाइको घर पुगेर संकेत गरेको थियो ।

मृतकको शव मंगलबार रोल्पा अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको छ । पक्राउ गरिएका अमराजबारे थप अनुसन्धान भइरहेको र कानुनी कारवाही अघि बढाउने तयारी भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : आश्विन २६, २०७८ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्

अल्मुताइरी प्रेस मिटमा आएनन्, अर्को माइन्ड गेम ?

हिमेश

माले (माल्दिभ्स) — नेपालले आफ्नो फुटबल इतिहासमै सबैभन्दा महत्त्वपूर्ण खेलमा बुधबार बंगलादेशको सामना गर्दैछ । त्यसमा जित अथवा बराबरीको नतिजामा नेपाल साफ च्याम्पियनसिप २०२१ को फाइनल पुग्नेछ । पराजित रहेमा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । यसको ठीक अगाडि मंगलबार आयोजित प्रेस मिटमा नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आएनन् ।

किन त ? नेपाली टिमले दिएको जानकारीअनुसार अहिले तत्काल उनी प्रशिक्षणमा ब्यस्त छन् । त्यो भनेको नेपाली टिमले बान्डोस टापुमा दिउँसो अभ्यास गरेको छ । बिहीबार हुने खेल दिउँसो मालेको स्थानीय समयअनुसार ४ बजे हुनेछ र त्यसअनुसार खेलाडीलाई अभ्यस्त राख्न प्रशिक्षण भएको हो ।

तर यो उनको माइन्ड गेम पनि हुन सक्छ र उनी यस्तै यस्तै काम गर्न सिपालु छन् । उनको स्थानमा प्रेस मिटमा सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलरक्षक विशाल श्रेष्ठ आए । त्यसमा दुवैले खासै बोलेनन् । किरणले भने, 'हामी बंगलादेशविरुद्ध जित्न नै खेल्नेछौं । खेलको रणनीति बताउने तय गर्ने जिम्मा मुख्य प्रशिक्षकको हो ।'

अनि विशालले भने, टिममा सबै खेलाडी ठीक मानसिकतामा छन् र सबै बंगलादेशविरुद्ध जित निकाल्न चाहन्छन् । प्रेस मिनेटमा बंगलादेशका मुख्य प्रशिक्षक ओस्कार ब्रुनोज र कप्तान जमल भुया नै आए, विशेषत: स्पेनी प्रशिक्षकले सटिक बोले । उनले बंगलादेश होइन, नेपाल दबाबमा हुने दाबी गरे ।

उनले भने, ‘मेरो हिसाबमा सबै दबाब नेपाली टिममै हुनेछ, किनभने नेपाललाई कसरी खेल्ने हो, त्यसमा दुविधा हुन सक्छ । नेपाललाई फाइनल पुग्न जित भए पनि हुन्छ, बराबरी भए पनि हुन्छ, त्यसैले टिमले कसरी खेल्ने हो, त्यसमा अन्योलता हुनेछ । तर हामी स्पष्ट छौं, हामीलाई भोलि स्पष्ट जित आवश्यक छ, त्यसैले हामी सुरुदेखि आक्रामक भएर खेल्नेछौं ।’

प्रकाशित : आश्विन २६, २०७८ १७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×