बर्दियामा बाघको आक्रमणबाट एक बेपत्ता

कमल पन्थी

बर्दिया — गेरुवा गाउँपालिका-४ ढुकनियास्थित बाघको आक्रमणबाट स्थानीय एक किसान बेपत्ता भएका छन् । सोमबार साँझ ३७ वर्षीय जनक बहादुर थारुलाई बाघले आक्रमण गरी जंगलभित्र लगेको थियो ।

बर्दियामा बाघको आक्रमणबाट एक बेपत्ता

बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार थारुको अवस्था हालसम्म अज्ञात नै छ । उनको खोजीका लागि बर्दिया राष्ट्रिय निकुन्जबाट ४ वटा हात्ती परिचालन गरिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठका अनुसार थारुको खोजीका लागि निकुञ्जका कर्मचारी र नेपाली सेनासमेत परिचालन गरिएको छ । गेरुवा नदी किनारमा भैंसी चराउन गएका थारुलाई बाघले आक्रमण गरी जंगलमा लगेको सूचना पाउनासाथ निकुञ्ज लगायत सशस्त्र प्रहरी बल, नेपाल प्रहरी पनि त्यसतर्फ खोजीका लागि पुगेका थिए । उक्त घटना सदरमुकाम गुलरियादेखि करिब ५० किमी उत्तरपश्चिम क्षेत्रमा पर्छ ।

प्रकाशित : आश्विन २५, २०७८ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?