१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कमल पन्थी

बर्दीया — जंगली हात्तीको आक्रमणबाट शनिबार राति बर्दिया राजापुर नगरपालिका—१० मा एक जनाको ज्यान गएको छ ।

काम गरेर घर फर्कने क्रममा ३५ वर्षीय बेचन दहितलाई कोठियाघाट पुलदेखि करिब एक किलोमिटर दक्षिणमा हात्तीले आक्रमण गरी मारेको प्रहरी उपरिक्षक ईश्वर कार्कीले जनाए ।

राति दहित घर नर्फेपछि आइतबार बिहान खोजतलास गर्दा मृत अवस्थामा फेला परेको प्रहरी उपरिक्षक कार्कीले बताए । नेपालसँग जोडिएको भारतीय जंगलबाट निस्केको हात्तीले आक्रमण गरेको आशंका गरिएको छ ।

प्रकाशित : आश्विन २४, २०७८ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?