रुपन्देहीमा असोज २२ र २३ गते १८ वर्षमाथिकालाई खोप

सन्जु पौडेल

लुम्बिनी — रुपन्देहीमा १८ वर्षमाथिका सबैलाई कोभिड–१९ विरुद्धको भेरोसेल खोप दिइने भएको छ । असोज २२ र २३ गते भित्रै सबै पालिकामा एकसाथ खोप दिइने भएको हो ।

रुपन्देहीमा असोज २२ र २३ गते १८ वर्षमाथिकालाई खोप

जिल्ला कोभिड खोप समन्वय तथा अनुगमन समितिको असोज १९ को निर्णयअनुसार स्वास्थ्य सेवा बिभाग परिवार कल्याण महाशाखाको असोज १८ को पत्रअनुसार भेरोसेल खोप दिइने स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा.राजेन्द्र गिरीले जानकारी दिए ।

दसैंअघि नै सबै पालिकामा एकैसाथ खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य कार्यालयले सबै पालिकालाइ परिपत्र गरेको छ ।

प्रकाशित : आश्विन २०, २०७८ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?