कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

खुकुरी प्रहारबाट रुपन्देहीमा एक जनाको हत्या

सन्जु पौडेल

तिलोत्तमा — खुकुरी प्रहारबाट रुपन्देहीमा एक जनाको हत्या भएको छ । आइतबार राति शुद्धोधन–३, बेतानीमा प्लाई उद्योगमा काम गर्ने पश्चिम नवलपरासीको सुस्ता–३ का अवधेश चमारको सोही उद्योगमा कार्यरत भारतीय मजदुर रवि सिंहले खुकुरी प्रहार गरी हत्या गरेका हन् ।

हत्याबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाले बताए । उनका अनुसार मापसे सेवन गरेका मजदुरहरुमा सानो विषयमा भएको खटपटले खुकुरी प्रहारको अवस्था सिर्जना भएको देखिन्छ ।

रविले अवधेशलाई खुकुरी हानेपछि उनका पिता गोपिचन्दलाई समेत खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारपछि अस्पताल लैजाने क्रममा अवधेशको बाटोमै मृत्यु भएको र उनका पिता र प्रहार गर्ने रविको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको थापाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

उक्त घटनाबारे अवधेशका छिमेकी र सँगै काम गर्ने साथीले रवि र आफूहरु बेग्लै ठाउँमा सुत्ने गरेको र आइतबार बेलुका भने सँगै सुत्ने क्रममा अवधेशले नसुतेर किन हल्ला गरेको भनी प्रश्न गर्दा रविले खुकुरी हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकाशित : आश्विन १८, २०७८ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x