२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

आइतबारबाट नेपालगन्ज नाका सञ्चालनमा

ठाकुरसिंह थारु

नेपालगन्ज — सरकारले नेपाल भारतका प्रमुख नाका खोल्ने निर्णय गरेको दुई सातापछि  नेपालगन्ज नाका पूर्णरुपमा सञ्चालनमा आएको छ । भारतकातर्फबाट नेपाल सरकारले गरेको नाका खोल्ने निर्णय कार्यान्वयनपछि आइतबार दिउँसो १ बजेबाट नेपालगन्ज नाका सञ्चालनमा आएको हो । 

सरकारले गरेको निर्णयपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनहरुको भन्सार पास तयारी गरेको थियो । तर भारतीय पक्षबाट कार्यान्वयन नभएकाले नाका खुल्न सकेको थिएन ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सरकारले नाका खोल्ने निर्णय आइतबार दिउँसोबाट कार्यान्वयनमा आएको बताए । उनले नेपालगन्ज नाका पूर्णरुपमा खोलिएको बताए । नाका खुला भएपछि नेपाली सवारी साधनहरु भारत प्रवेश गर्न पाएका छन् । नाकामा भिडभाड बढेको छ ।

कोरोना भाइरसको संक्रमण सुरु भएयता पश्चिम तराईको सबैभन्दा ठूलो नेपालगन्ज नाका बन्द गरिएको थियो । तर नेपाल भारत दुई मुलुकका नागरिकहरुलाई भने पैदल आउजाउ गर्न दिइएको थियो ।

प्रकाशित : आश्विन १७, २०७८ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?