बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

शमशेरविक्रम जीसी

प्यूठान — बसले ठक्कर दिँदा प्यूठानमा पैदलयात्रीको मृत्यु भएको छ । शनिवार दिउँसो १ बजे जिल्ला सदरमुकाम खलगांदेखि चुजाठाटी जाँदै गरेको ना ५ ख ५१९४ नम्बरको बसले ठक्कर दिँदा प्यूठान नगरपालिका–७ बड्डाडाका ५५ वर्षीय हुकुमे सार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रवक्ता देवीप्रसाद गैह्रेले जानकारी दिए ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : आश्विन १६, २०७८ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?