कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

नवलपुरमा पर्यटन काज माग्दै शिक्षक आन्दोलित

नवीन पौडेल

नवलपुर — राज्यले शिक्षकलाई विभेद गरेको भन्दै नेपाल स्थायी शिक्षक हकहित मञ्च आन्दोलित भएको छ । 

नवलपुरमा पर्यटन काज माग्दै शिक्षक आन्दोलित

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत निजामती कर्मचारीलाई वार्षिक भ्रमण खर्चबापत १० दिनको पर्यटन काज, तलब र अन्य सुविधा दिने घोषणा गरेको छ । तर, स्थायी शिक्षकलाई यो सुविधाबाट बञ्चित गरिएको भन्दै देशभरका स्थायी शिक्षक आन्दोलित भएका छन् । राज्यले शिक्षकलाई र शिक्षण पेसालाई नै अपमान गरेर विभेदकारी नीति लिएको भन्दै नवलपरासीलगायत देशैभरका शिक्षकले हातमा कालोपट्टि बाँधेर विरोध जनाएको स्थायी शिक्षक हकहित मञ्च नवलपरासीका संयोजक कुशुम न्यौपानेले बताए ।

सरकारले तत्कालै स्थायी शिक्षकलाई पनि निजामती कर्मचारीसरह सुविधा उपलब्ध नगराएमा थप संघर्षमा उत्रिने स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय संयोजक रमेशबाबु भट्टराईले चेतावनी दिए ।‘राज्यले शिक्षक र यो पेसालाई नै होचाउने र अपमान गर्ने हेतुले यस्तो नियम ल्याएको हामीले महसुस गरेका छौं’, भट्टराईले भने,‘यो सुविधामा शिक्षकलाई समेत सहभागी नगराएसम्म हाम्रो आन्दोलन जारी छ ।’

देशभरका एक हजारभन्दा बढी सरकारी विद्यालयका शिक्षक आन्दोलित भएका छन् ।

प्रकाशित : आश्विन १४, २०७८ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?