१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्यूठानमा टिपरको ठक्करले मजदुरको मृत्यु

शमशेरविक्रम जीसी

प्यूठान — प्यूठानमा टिपरको ठक्करबाट एकजना मजदुरको मृत्यु भएको छ । आइतरबार साँझ  प्यूठानबाट इँटा लिएर लुप्लुङ जाँदै गरेको टिपरको ठक्कबाट नौबहिनी गाउँपालिका–७ लुप्लुङका ३७ वर्षीय यामबहादुर दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवीराम गैरेले जानकारी दिए । 

टिपरको ठक्करले घाइते परियारको उपचारको क्रममा भैरहवा लैजाँदै गर्दा मृत्यु भएको हो । ठक्कर दिने टिपर चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । नौबहिनी गाउँपालिकाको अँधेरीखोला नजिकै परियारलाइ टिप्परले ठक्कर दिएको थियो । मृतक परियार बाग्दुला बहाने सडकखण्डमा काम गर्दै आएका थिए ।


प्रकाशित : आश्विन ११, २०७८ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?