कालीगण्डकी गाउँपालिकाको वडा कार्यालयसहित ७ घरमा चोरी
गुल्मी — गुल्मीको कालीगण्डकी गाउँपालिकामा आइतबार राति एकैपटक ७ घरमा चोरी भएको छ । कालीगण्डकी गाउापालिकाको वडा नम्बर १ हर्मिचौरमा रहेको वडा कार्यालयसहित गाउँका ७ घरमा चोरी भएको वडाध्यक्ष थानिश्वर पाण्डेयले जानकारी दिए ।
उनले गाउँका छोराबुहारी बाहिर गएको मौका पारेर उनीहरुका कोठाहरू फोरेर चोरी गरिएको भेटिएको बताए । पाण्डेयले वडा कार्यालयमा के कति सामान चोरी भयो भनेर अझै विवरण प्राप्त गर्न नसकिएको जनाएका छन् ।
गणेश मन्दिरनजिकै गणेश मन्दिरबाट चुरा, नगद र सामान चोरी भएको, खेतमा छेउमा रहेको ग्यारेजबाट नगद, देवीराम पाण्डेको छोरा बुहारीको कोठा फोरिएको, विष्णु पाण्डेको पसलबाट १२ हजार, रमेश पाण्डेयको घरदेखि २२ हजार नगद र मोबाइल, पुरुषोत्तम पाण्डेयको छोरा बुहारी सुत्ने कोठा फोरिएको अवस्थामा रहेको छ ।
घटनाका बारेमा अनुसन्धान गर्न प्रहरी घटनास्थलमा गइरहेकाले क्षतिको विवरण प्राप्त गर्न अझै नसकिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए ।
प्रकाशित : आश्विन ११, २०७८ ०९:०६