कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गौतम बुद्ध विमानस्थललाई थप लगानी गर्न एडीबी तयार छ : पौडेल    

माधव ढुंगाना

भैरहवा — पूर्वअर्थमन्त्री तथा एमाले नेता विष्णु पौडेलले भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल आयोजनाको दोस्रो चरणको निर्माण कार्यका लागि लगानी गर्न एसियाली विकास बैंक(एडीबी) तयार रहेको बताएका छन् ।

गौतम बुद्ध विमानस्थललाई थप लगानी गर्न एडीबी तयार छ : पौडेल    

उद्योग व्यापार संगठन रुपन्देहीको १४औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनको शनिबार भैरहवामा उद्घाटन गर्दै नेता पौडेलले दोस्रो चरणको निर्माणका लागि थप ७ अर्ब रुपैयाँ लाग्ने र यसका लागि एडीबीसँग कुराकानी भैसकेको पनि बताए ।

थप लगानी गर्न एडीबी तयार रहे पनि सम्झौता प्रक्रिया अघि बढाउन भने अहिलेको सरकारले नसकेको भन्दै उनले सरकारको आलोचना गरे । ‘यसमा कुनै पनि खालको र कुनै पनि ढंगबाट बिलम्ब गरिनु हँुदैन,’ पौडेलले भने, ‘दोस्रो चरणको काम सुरु गर्नका लागि हामीले पहलकदमी जारी राख्ने छौं ।’उनले पहिलो फेजको निर्माण सम्पन्न भएसँगै दोस्रो फेजका निर्माण कार्यको पनि थालनी गरिने दाबी गरे ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई विश्वकै सुविधासम्पन्न र अत्याधुनिक विमानस्थलहरुमध्येमा समावेश हुन सक्ने गरी निर्माण गर्न चाहन्छौं,’ पौडेलले भने, ‘विश्वको जस्तोसुकै विमान पनि यस विमानस्थलमा उडान र अवतरण सक्ने खालको निर्माण गर्ने छौं ।’

प्रकाशित : आश्विन ९, २०७८ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?