कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गाउँमै भत्ता 

रुकुम पूर्व — सिस्ने गाउँपालिका–१ र २ का बासिन्दालाई आर्थिक वर्ष २०७७/७८ को सामाजिक सुरक्षा भत्ता बाँड्न नेपाल बैंकका कर्मचारी गाउँ पुगेका छन् । सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणाली अनिवार्य गरिएपछि दुर्गमका सर्वसाधारणलाई भत्ता वितरण गर्न बैंकका कर्मचारी नगद बोकेर गाउँ पुगेका हुन् । 

सिस्ने–२ वडा कार्यालय नायगाडमा सामाजिक सुरक्षा भत्ता वितरणको तयारी छ । गाउँपालिकाको केन्द्र रुकुमकोटस्थित बैंकबाट सामाजिक सुरक्षा भत्ता बुझ्ने अवस्था छैन । वृद्धवृद्धाहरू बैंक रहेको स्थानसम्म आउन असमर्थ रहेपछि बैंक गाउँसम्मै पुगेको हो ।

रुकुमकोटबाट नेपाल बैंकका कर्मचारी, प्रहरी र अरु सरोकारवाला निकायका प्रतिनिधि त्यहाँ पुगेका हुन् । शनिबारदेखि सोमबारसम्म भत्ता बाँड्ने कार्यक्रम छ । गत वर्षको तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता सिस्ने–२ बाट वितरण हुँदै छ । सिस्ने–१ र २ सडक सञ्जालमा जोडिएका छैन ।

सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीमा गएपछि सर्वसाधारणलाई असहज भएको सिस्ने–२ का वडाध्यक्ष जीवन केसीले बताए । उनले बैंकको खाता खोल्दा पनि गाउँ पुगेर खोलिएको र ग्राहक पहिचान पत्र (केवाईसी) अपडेट पनि गाउँमै पुगेर गरेको जानकारी दिए । सुरुमा गाउँपालिकाका आठमध्ये पाँच वडामा मात्रै बैंकिङ प्रणाली लागू भएको थियो । भौगोलिक रूपमा विकट रहेका वडाहरूमा घरमै पुगेर जनप्रतिनिधि तथा कर्मचारीले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका थिए ।

भत्ता वितरण बैंकिङ प्रणालीबाटै गर्नुपर्ने अनिवार्य गरिएपछि बैंक गाउँ पुगेर भत्ता वितरण गर्न लागेको हो ।

प्रकाशित : आश्विन ९, २०७८ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?