२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

गुल्मीमा एम्बुलेन्स चालकमाथि कुटपिट, दुई जना पक्राउ

गगनशिला खड्का

गुल्मी — इस्मा गाउँपालिका–४ दोहली स्वास्थ्य चौकीमा कार्यरत एम्बुलेन्स चालक दानबहादुर पाण्डेयमाथि बुधबार राति कुटपिट भएको छ । कुटपिटको आरोपमा स्थानीय दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

गुल्मीमा एम्बुलेन्स चालकमाथि कुटपिट, दुई जना पक्राउ

अस्पतालमा रहेका बिरामी घर पुर्‍याउन जाने क्रममा स्थानीय लीलबहादुर अछामी र सागर गुरुङ मिलेर कुटपिट गरेको घाइते पाण्डेयले बताए । प्रहरीका अनुसार कुटपिटबाट पाण्डेयको टाउको र खुट्टामा चोट लागेको छ भने दाँत झरेको छ ।

चालक पाण्डेयको तम्घास अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा लगिएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

प्रकाशित : आश्विन ८, २०७८ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?