तिनाउमा पौडी खेल्न गएका बालकको डुबेर मृत्यु

रुपन्देही — रुपन्देहीको बुटवल देवीनगरस्थित तिनाउ नदीमा शुक्रबार बिहान एक बालकको शव फेला पऱ्यो । उक्त शव देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय बुटवलमा खबर गरेका थिए ।

उक्त शव बुटवल–४, आदर्शनगरका ८ वर्षीय सुजन सारुको रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए ।

बिहीबार साँझ ४ बजेदेखि परिवारको सम्पर्कमा नरहेका सुजनले ‘पौडी खेल्न खोलामा जान्छु’ भन्दा परिवारले नजान भन्दै रोकेको र परिवारलाई छलेर पौडी खेल्न गएका थिए । हिजो साँझसम्म परिवारको सम्पर्कमा नआएपछि परिवारले बालक हराएको भन्दै इलाका प्रहरीमा जानकारी गराएका थिए ।

शुक्रबार बिहानै बुटवल–११ बुद्धनगरको पुलमुनि तिनाउ नदीमा ढुंगामा अड्किरहेको अवस्थामा सुजनको शव स्थानीयले देखेका हुन् । उनको शव आमाले पहिचान गरेकी थिइन् ।


प्रकाशित : आश्विन ८, २०७८ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?