कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

बाँकेमा कांग्रेस अधिवेशन अनिश्चित

नेपालगन्ज — कांग्रेसका पूर्वअध्यक्ष एवं प्रधानमन्त्री स्व. सुशील कोइरालाको गृहजिल्ला बाँकेमा क्रियाशील सदस्यता विवादलाई लिएर चारपटक अधिवेशन स्थगित भएको छ । केन्द्रले असोज ९ भित्रै अधिवेशन सम्पन्न गर्न जिल्लालाई निर्देशन दिएको छ । तर, असोज ७ गतेसम्म पनि यहाँ क्रियाशील सदस्यको विवाद टुंगो लाग्न सकेको छैन । 

बाँकेमा कांग्रेस अधिवेशन अनिश्चित

बाँके–१ मा क्रियाशील सदस्यता विवाद बढी देखिएको छ । विवाद मिलाउने प्रयास गरे पनि सहमति जुट्न सकेको छैन । वडा कार्यसमितिले निर्णय गरेर पठाएको क्रियाशील सदस्यको नाम क्षेत्रीय समितिले हटाएर केन्द्रलाई पठाएको र त्यही सदस्यता सदर भएर आएको कांग्रेस बाँकेका नेताहरूले बताए । विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिक पार्टी कांग्रेसमा समायोजन भएपछि त्यस पार्टीका कार्यकर्तालाई विधानविपरीत सदस्यता दिइएको कांग्रेसका जिल्ला नेताहरूको आरोप छ ।

कांग्रेस बाँकेकी सभापति किरण कोइरालाले सदस्यता विवादले अधिवेशन गर्न नसकिएको बताइन् । ‘वडा समिति सर्वेसर्वा हो । त्यहाँबाट छनोट गरेर पठाइएका क्रियाशील सदस्यको नाम हटाउने, आफूखुसी नाम थप्ने काम भएकाले विवाद बढेको हो,’ उनले भनिन्, ‘विधान अनुसार सदस्यता वितरण गर्ने हो भने विवाद त्यसै समाधान हुन्छ ।’

कांग्रेस बाँकेका सचिव तप्त पौडेलले तत्कालीन फोरम लोकतन्त्रिक पार्टीबाट आएका नेताहरूले जथाभावी क्रियाशील सदस्यता दिएका कारण विवाद भएको बताए । ‘पार्टी नै छाडेर गएका व्यक्तिहरूको नाम पनि क्रियाशील सदस्यको विवरणमा समावेश भएको र पार्टीको कार्यकर्ता नै नभएको व्यक्तिलाई पनि क्रियाशील सदस्य बनाइएपछि विवाद बढेको हो,’ उनले भने, ‘वडाबाट आएका नाम जिल्लाले केन्द्रलाई पठाएको थियो । तर, केन्द्रबाट विवरण उल्टो आयो ।’

फोरम लोकतान्त्रिकबाट समायोजन भएर बाँके कांग्रेसको उपसभापति भएका फूलाराम चौधरीले कांग्रेसको गुटबीच विवाद भएको तर दोष आफूलाई दिएको गुनासो गरे । ‘बाँकेमा कांग्रेसका १० हजार क्रियाशील सदस्य छन् । हामी पूर्वफोरम लोकतान्त्रिकबाट ३ सय ८१ सदस्य छौं,’ उनले भने, ‘यति थोरै संख्यामा हामीले क्रियाशील सदस्यता पाउँदा पनि उल्टै हामीलाई दोष ?’

प्रकाशित : आश्विन ८, २०७८ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?