१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

बुटवलको ज्योतिनगरमा फेरि पहिरो, निरीक्षणमा गएका मेयरलाई दुर्व्यवहार

अमृता अनमोल

बुटवल — पहिरो क्षेत्र अवलोकनमा गएका बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि दुर्व्यवहार भएको छ । सुरक्षाकर्मी र नगरपालिकाको टोलीसहित बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकन गर्न गएका उनलाई स्थानीय एक युवकले हातपातको प्रयास गरेका हुन् । 

सुवेदीको सुरक्षामा खटिएको नगर प्रहरीको टोलीले आक्रमणमा उत्रिएका युवकलाई रोकेको थियो ।

भारी वर्षाले पहिरो खसेपछि सोमबार बिहान मेयर सुवेदी अवलोकन गर्न पुगेका थिए । इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी मदन कुावरले आवेशमा आक्रमण गर्न आएका युवकलाई रोकेको बताए ।

पहिरोले सोमबार ९ घर क्षतिग्रस्त भएका छन् । अहिले पनि चुरेबाट भेलसहितको पहिरो खस्न रोकिएको छैन । ज्योतिनगर क्षेत्रमा यस वर्ष भदौ १३ गतेदेखि पहिरो खस्न सुरु गरेको हो । लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा अहिलेसम्म यहाँका २७ घर क्षतिग्रस्त भएका छन् । स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका छन् ।

प्रकाशित : आश्विन ४, २०७८ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?