नवलपुरका सात पालिकामा प्याब्सनको नयाँ नेतृत्व

नवीन पौडेल

नवलपुर — निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) नेपाल नवलपुरअन्तर्गत पालिकास्तरीय अधिवेशन सम्पन्न भएको छ । शनिबारदेखि सुरु भएको अधिवेशनबाट जिल्लाको सात वटा स्थानीय तहमा अध्यक्षसहित पदाधिकारी र सदस्य सबै निर्विरोध चयन भएको जिल्ला निर्वाचन संयोजक भोजराज दाहालले बताए ।

नवलपुरका सात पालिकामा प्याब्सनको नयाँ नेतृत्व

दाहालका अनुसार कावासोती नगरपालिकाको अध्यक्षमा त्रिभुवन तिवारी, गैंडाकोट नगरपालिकामा लक्ष्मीप्रसाद दवाडी, देवचुली नगरपालिकामा सन्तबहादुर क्षेत्री र मध्यविन्दु नगरपालिकामा रामचन्द्र भुसालको अध्यक्षतामा पालिकास्तरीय समिति निर्वीरोध चयन भएको छ ।

यसैगरी विनय त्रिवेणी गाउँपालिकामा राजेन्द्र गुरुङ निर्वाचित भएका छन् भने हुप्सेकोटमा बालकृष्ण थापा र बौदीकालिमा श्याम थापालाई फोकल पर्सन तोकिएको छ । प्याब्सनको विधानमा कुनै पनि पालिकामा १० वटाभन्दा कम व्याब्सनको सदस्य भएमा फोकल पर्सन तोक्ने प्रावधान छ । बुलिङ्गटार गाउँपालिकामा भने फोकल पर्सन तोकिएको छैन ।

व्याब्सनका केन्द्रीय उपाध्यक्ष भरतबावु कँडेलले नवनिर्वाचित अध्यक्ष र सदस्यलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । सो अवसरमा बोल्दै उपाध्यक्ष कँडेल र केन्द्रीय महासचिव कुमार घिमिरेले राज्यले निजी विद्यालयलाई विभेदको नजरले हेर्न नहुने भन्दै गुणस्तरीय शिक्षाका लागि निजी क्षेत्र र सरकारी निकाय हातेमाले गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । शपथ कार्यक्रम प्याब्सन नवलपुरका अध्यक्ष दिपक रावतको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित : आश्विन ३, २०७८ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?