कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दाङमा 'हनी ट्र्याप'मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दुर्गालाल केसी

दाङ — एक पुरुषलाई 'हनी ट्रयाप' मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा हाल्ने धम्की दिई १८ लाख असुल्ने तीन महिलालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

दाङमा 'हनी ट्र्याप'मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

घोराहीका एक व्यवसायीबाट १ लाख नगद र १७ लाख चेक बुझेका घोराही १५ का ३२ वर्षीया सीतादेवी थापा, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एस्पी सुरेशप्रसाद काफ्लेले बताए । उनीहरुले सुरुमा ५० लाख रुपैयाँको बार्गेनिङ गरेको र अन्तमा १८ लाखमा कुरा मिलाएको अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।

ती महिलाबाट १७ लाखको चेक पनि बरामद भएको उनले बताए । उनीहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

उनीहरुबिरुद्ध मुलुकी अपराध संहिता २०७४ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाखसम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरेको अभियोगमा मुद्दा दर्ता हुने जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए । उपदफा ३ 'ख' बमोजिम कसैको व्यवसायमा गैरकानुनी तरिकाले कुनै क्षति पुर्‍याउने वा चरित्रमा झुठो दोष लगाउने नियतले डरत्रास देखाई आपराधिक लाभ लिएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको प्रावधान छ ।

प्रकाशित : आश्विन ३, २०७८ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?