कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

अस्ताए प्यूठानको वामपन्थी आन्दोलनका संस्थापक गुरुङ

शमशेरविक्रम जीसी

प्यूठान — प्यूठानको वामपन्थी आन्दोलनका संस्थापक खगुलाल गुरुङको निधन भएको छ । १०४ वर्षको उमेरमा आइतबार बिहान ७ बजे गुरुङको निधन भएको हो ।

अस्ताए प्यूठानको वामपन्थी आन्दोलनका संस्थापक गुरुङ

स्वास्थ्यमा समस्या देखिएपछि केहिदिन पहिले उपचारका लागी उनलाई लुम्बिनी अस्पताल बुटवल लगिएको थियो । गुरुङको उपचारको क्रममा मृत्यु भएको नेकपा मसालमा महामन्त्री मोहन विक्रम सिहंले जानकारी दिए । तत्कालीन बाग्लुङ जिल्लाको खरामा जन्मिएका गुरुङ बसाइ सरेर हालको गौमुखी गाउँपालिका–७ नारीकोट रामखोला आएका थिए ।

गुरुङ नेकपा मसालका महामन्त्री सिंहका बुबा खिमविक्रमको पालादेखि राजनिती गर्न थालेका हुन् । गुरङ नेकपालाई प्यूठानमा विस्तार गर्ने मुख्य पात्र रहेको सिंहले बताए । २००९ सालमा गुरुङ र सिंहको नेतृत्वमा प्यूठानको रातामाटामा पहिलो कार्यक्रता प्रशिक्षण भएको थियो । उक्त शिविरको मुख्य प्रशिक्षक गुरुङ नै थिए । २०११ सालमा किसान ठग्ने अभियान चलाएको भन्दै महामन्त्री सिंहसँगै गुरुङ पक्राउ परेका थिए । पक्राउ परेको ११ महिनामा उनीहरु रिहा भएका थिए ।

२०१५ सालको ससंदीय चुनावमा गुरुङ क्षेत्र नम्बर ८३ बाट नेकपाको उम्मेदवार समेत बनेका थिए तर पराजित भए ।

गुरुङको निधनले नेपाली कम्युनिष्ट जगतमा अपुरणीय क्षति पुगेको सिंहले बताए । नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक सदस्य तथा मुक्ति सेनाका कमान्डर गुरङ कम्युनिस्ट आन्दोलनका निष्ठावान नेताको रुपमा परिचित छन् ।

प्रकाशित : आश्विन ३, २०७८ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?