निजी अस्पतालमा नि:शुल्क सेवा 

रूपा गहतराज

नेपालगन्ज — नेपालगन्जमा लाइफलाइन जनरल हस्पिटल प्रालि सञ्चालनमा ल्याइएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा हरेक शनिबार नि:शुल्क जाँच तथा परामर्श सेवासमेत सुरु गरिएको हो । सर्वसाधारणले बिहान १० देखि दिउँसो १ बजेसम्म सेवा लिन सक्ने छन् ।

सदरलाइनस्थित हस्पिटलको शनिबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुखधवल शमशेर राणा र गोपाल श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे ।

फिजिसियन डा पारस श्रेष्ठ, डा कृष्टिन श्रेष्ठ, दन्त चिकित्सक प्रतीक श्रेष्ठलगायतका चिकित्सकहरुले फिजिसियन, दन्त रोग, बाल रोग, छाला तथा सौन्दर्य, स्त्री रोग, नाक, कान, घाँटीलगायत रोगको उपचार सेवा प्रदान गरिने बताइएको छ ।

कार्यक्रममा नगर प्रमुख राणाले उपमहानगरपालिकाको सहकार्यमा निजी अस्पतालले समेत सामाजिक उत्तरदायित्व वहन गर्नु सुखद् पक्ष भएको बताए ।

डा गोपाल श्रेष्ठले अस्पतालले सस्तो र सुलभ रुपमा सेवा प्रदान गर्न सुझाए । कार्यक्रममा भेरी अस्पतालका मेसु डा प्रकाश थापा, नेपाल रेडक्रसका केन्द्रीय उपाधयक्ष अजीतकुमार शर्मालगायतले शुभकामना दिएका थिए ।

प्रकाशित : आश्विन २, २०७८ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?