२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लुम्बिनीका पत्रकार चौहानको निधन

अमृता अनमोल

बुटवल — रूपन्देहीको लुम्बिनी क्षेत्रमा क्रियाशील पत्रकार बिन्दुकुमार चौहानको निधन भएको छ । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (यूसिएमएस) मा मंगलबार राति साढे १२ बजे उनको निधन भएको हो ।

लुम्बिनीका पत्रकार चौहानको निधन

तीन दिनअघि निमोनिया देखिएपछि ४५ वर्षीय चौहान लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएका थिए । अवस्था थप गम्भीर भएपछि यूसीएमएसमा लगिएको थियो ।

लुम्बिनी क्षेत्रमा रहेर दुई दशकदेखि पत्रकारिता गरिरहेका चौहान बुद्ध टेलिभिजन, बुटवल टुडे दैनिक र एबीसी टेलिभिजनमा कार्यरत थिए । चौहान नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य थिए ।

चौहानका पत्नी, चार छोरा र तीन छोरी छन् । उनको अन्तिम संस्कार लुम्बिनीनजिकको कोठी नदीमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।


प्रकाशित : भाद्र ३०, २०७८ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?