२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

लुम्बिनी प्रदेशसभाको बैठक स्थगित 

बुटवल — लुम्बिनी प्रदेशसभाको बुधबारका लागि बोलाइएको बैठक स्थगित भएको छ । बैठक बस्ने वातावरण नदेखिएपछि पाँचौँ अधिवेशनको नवौँ बैठक प्रदेशसभा सचिवालयमा सूचना टाँसेर स्थगित गरिएको हो ।

लुम्बिनी प्रदेशसभाको बैठक स्थगित 

अर्को बैठक यही भदौ ३१ गते बिहीबार दिनको १:०० बजे बस्ने गरि बोलाईएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन् ।

सूर्य चिन्हबाट चुनाव लडेका आफ्ना कारबाहीमा परेका २ सांसदलाई पदमुक्त भएको सूचना प्रकाशित नगरेको भन्दै प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठक निरन्तर अवरोध गरिरहेको छ । यसअघि प्रदेश सभा बैठक लगातार दुई पटक स्थगित भइसकेको छ ।

प्रकाशित : भाद्र ३०, २०७८ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?