कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

कपिलवस्तुमा अक्सिजन उत्पादन सुरु

कपिलवस्तु — कपिलवस्तुमा पहिलोपटक अक्सिजन उत्पादन थालिएको छ । सदरमुकाम तौलिहवास्थित जिल्ला अस्पतालमा नयाँ जडान गरिएको मेसिनबाट सातासम्मको परीक्षण उत्पादनपछि नियमित उत्पादन थालिएको हो ।

कपिलवस्तुमा अक्सिजन उत्पादन सुरु

१ करोड २८ लाख रुपैयाँ लागतमा फेयर ट्रेड प्रालिले प्लान्ट जडान गरेको हो । २० एमएमक्यू क्षमताको मेसिनले प्रतिमिनेट दुई सय लिटर अक्सिजन उत्पादन गर्ने बताइएको छ । चीनबाट आयात गरिएको मेसिनमा कम्प्रेसर, फिलिङ ड्रायर, एडप्सन ड्रायर, फिल्टर, सेप्रेसन सिस्टम, गेस बफर टेङ्क, स्टेरिलाइजिङ फिल्टर र ट्रान्सफर्मर रहेको निर्माण कम्पनीका इन्जिनियर देवेन्द्र श्रेष्ठले बताए । गत असार ८ गते सम्झौता भई असार मसान्तसम्म काम सम्पन्न गर्ने समयसीमा दिइएकामा प्राविधिक कारणले ढिलो भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डन्ट डा. किशोर बन्जाडेले बताए ।

निर्माण कम्पनीले मेसिन जडान गरी उत्पादन गर्न जीसी रिसर्च एण्ड डेभलप्मेन्टलाई जिम्मा दिएको थियो । अस्पतालमा न्यून मात्रामा अक्सिजन खपत भइरहेकाले अहिले थोरै मात्रामा उत्पादन गरिएको छ । गत वैशाखमा संक्रमण तीव्र हुँदा जिल्लामा अक्सिजनको समस्या परेको थियो । एकपटकमा १० वटा सिलिन्डर भर्न सकिने क्षमता छ । आवश्यकताअनुसार उत्पादन बढाउँदै लगिनेछ । अस्पतालमा १ सय ४० वटा साना–ठूला सिलिन्डर छन् । पूर्ण क्षमतामा चलाउन सके जिल्लाका अन्य अस्पताललाई पनि अक्सिजन आपूर्ति गर्न सकिने डा. बन्जाडेले बताए ।

प्रकाशित : भाद्र ३०, २०७८ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?