हत्या आरोपमा दुई जना पक्राउ

गगनशिला खड्का

गुल्मी — कुटपिट गरी हत्या गरेको आरोपमा गुल्मीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । चन्द्रकोट–७ बतासेका ४८ वर्षीय शिवबहादुर पुलामीको कुटपिट गरी हत्या गरेको आरोपमा चन्द्रकोट–७ का २७ वर्षीय हिमबहादुर पुलामी र सत्यवती गाउँपालिका–३ का २१ वर्षीय हिमाल रहादीलाई प्रहरीले पक्राउ गरेको हो ।

हत्या आरोपमा दुई जना पक्राउ

भदौ २४ गते कुटपिटबाट गम्भीर घाइते भएका पुलामीको स्थानीय क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घाइतेको मृत्यु भएपछि फरार रहेका दुई जना आरोपीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

प्रकाशित : भाद्र २८, २०७८ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?