कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

रक्तदान गरेर एमसीसीको विरोध

दुर्गालाल केसी

काठमाडौँ — एमसीसीविरुद्ध यहाँका युवाहरुले रचनात्मक कार्यक्रम गरेका छन् । जिल्ला प्रशासन कार्यालय अगाडि शुक्रबार युवाहरु भेला भएर रक्तदान गरेका छन् ।

रक्तदान गरेर एमसीसीको विरोध

जुलुस, बन्द, हड्ताल र तोडफोडमा उत्रनुको सट्टा रचनात्मक तरिकाले रक्तदान गरेर एमसीसीको विरोध जनाएको युवा समूहका अगुवा प्रकाश अधिकारीले बताए । १५ युवाहरुले कालोपट्टी बाँधेर रक्तदान गरेको अर्का अगुवा लक्ष्मण शर्माले बताए । आन्दोलन र विरोधको शैली रचनात्मक हुनुपर्छ भन्ने सन्देश दिन यस्तो कार्यक्रम आयोजना गरेको उनले बताए ।

सचेत युवा समूहका नाममा सडक छेउमै टेन्ट टाागेर युवाहरुले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र घोराहीले रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गरेको थियो ।

प्रकाशित : भाद्र २५, २०७८ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?