कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दाङमा गाउँपालिका उपाध्यक्षसहित २१ जनाले रोजे नेकपा (एस)

दुर्गालाल केसी

दाङ — गाउँपालिका उपाध्यक्षसहित दाङका २१ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । गढवा गाउँपालिका उपाध्यक्ष शान्ति चौधरी, दुई वडा अध्यक्ष, दुई जिल्ला समन्वय समिति सदस्य र अन्य वडा सदस्यहरुले समाजवादी रोजेका हुन् । चौधरी प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीकी दिदी हुन् ।

माधवकुमार नेपालले नयाँ दल दर्ता गरेपछि निर्वाचन आयोगले देशभरका जनप्रतिनिधिहरुलाई भदौ १५ देखि २२ गतेसम्म दल रोज्न समय निर्धारण गरेको थियो । जसअनुसार घोराही उपमहानगरपालिका ४ का वडाध्यक्ष भिमबहादुर सार्की, तुलसीपुर उपमहानगरपालिका १६ का वडाध्यक्ष भुपबहादुर केसी, जिल्ला समन्वय समिति सदस्य सावित्रा रिजाल र तिलाकुमारी बुढासहित अन्य वडा सदस्यहरुले समाजवादीमा सनाखत गरेको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिएका छन् ।

प्रकाशित : भाद्र २२, २०७८ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?