अर्घाखाँचीमा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु

वीरेन्द्र केसी

अर्घाखाँची — काठमाडौंबाट सन्धिखर्क आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको माइक्रो बस सितगंगा नगरपालिका–३ ठाडामा दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।

मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका– ९ ढिकुराका अन्दाजी ३० वर्षीय सञ्जय विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले बताए ।

दुर्घटनामा परी घाइते भएका ७ जनाको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि सबैलाई बुटवल पठाइएको छ ।

प्रकाशित : भाद्र १९, २०७८ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?