कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पाल्पामा कांग्रेसको वडा अधिवेशन स्थगित 

माधव अर्याल

पाल्पा — कांग्रेस पाल्पाले भदौ १८ गते शुक्रबार हुने भनिएको वडा अधिवेशन स्थगित गरेको छ । क्रियाशील सदस्यता छुटेका केही स्थानीय तहले वडा अधिवेशन गर्न नसकिने भएपछि प्राविधिक कारण जनाउँदै स्थगित गरिएको हो । पार्टी सचिव झपन्द्र गहिरेले निर्वाचन अधिकृत शुक्रबारमात्र आउने जानकारी आएको बताए ।

शनिबार जिल्ला समिति बैठक बसेर मिति तय गर्ने उनले बताए । वडा अधिवेशनको तयारी भने भइसकेको कांग्रेसले जनाएको छ ।

‘विशेष कारणले गर्दा वडा अधिवेशन स्थगित भएको हो,’ सचिव गहिरेले भने, ‘निर्वाचन अधिकृत आइसकेपछि बैठक बसेर छिट्टै अधिवेशन हुनेछ ।’ सचिव गहिरेका अनुसार वडाको निर्वाचन अधिकारी सम्बन्धित स्थानीय तहले तयारी गरेका छन् । कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि गाउँ/नगरको वडा अधिवेशन तोकेको थियो ।

पाल्पामा क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेको छ । जिल्लामा ४ हजार ७ सय र नयाँ ४ हजार ४ सय ५८ गरी ९ हजार १ सय ५८ जना क्रियाशील सदस्य छन् । रामपुर नगरपालिकामा सबैभन्दा धेरै क्रियाशील सदस्य छन् । जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिकामा ८१ वडा छन् । जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्री आइसकेको छैन । केही वडामा नाम छुटेका र मिलाउनुपर्ने भएकाले समस्या भएको कांग्रेस स्रोतले जनाएको छ । कांग्रेसको विद्यानमा टोल, वडा, गाउँपालिका/नगरपालिका, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला कार्यसमति, प्रदेश कार्यसमिति र केन्द्रीय समिति गरी आठ तहगत पार्टी संरचनाको व्यवस्था गरेको छ ।


प्रकाशित : भाद्र १७, २०७८ २२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?