कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

दुर्व्यवहारविरुद्ध स्वास्थ्यकर्मी आन्दोलित

दाङ — राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई दुर्व्यवहार गरेको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । डा. सिंहलाई दुर्व्यवहार गर्ने समूहलाई २४ घण्टाभित्र पक्राउ गरी कडा कारबाही गर्न माग गरे पनि दुई दिन बितिसक्दासमेत पक्राउ गर्न नसकेको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् ।

उनीहरूले आइतबार तुलसीपुरमा विरोध र्‍याली निकालेका छन् । शुक्रबार दिउँसो युवाको एक समूहले डा. सिंहलाई कार्यकक्षमै कालोमोसो दलेको थियो । स्वास्थ्यकर्मीले अस्पतालको इमरजेन्सीबाहेक सबै सेवा ठप्प पारेका छन् ।

चिकित्सक संघ दाङले पनि घटनाको विरोधमा आइतबारदेखि इमर्जेन्सी बाहेकका सेवा बन्द गर्न आह्वान गरेको छ । एमालेनिकट अनेरास्ववियुका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षत्रीलगायतको टोली घटनामा संलग्न रहेको अस्पतालको आरोप छ । घटनामा संलग्न रहेको भन्दै एमाले जिल्ला कमिटीले उनीहरूलाई पदबाट हटाएको छ ।


प्रकाशित : भाद्र १४, २०७८ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?