कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

पाल्पाको डुम्रेमा पहिरो

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको डुम्रेमा आइतबार बिहान पहिरो खसेको छ । पहिरोले दुई घर पुरेको छ भने चार घर जोखिममा छन् ।पहिरोले राजमार्गको तानसेन नगरपालिका–८ डुम्रे बजार नजिकै रहेको देवबहादुर सारुको दुई तले घर पूर्णरुपमा पुरेको छ । दिउँसोमा भएकाले मानवीय क्षति भने हुन पाएन ।

पाल्पाको डुम्रेमा पहिरो

पहिरोले राजमार्गदेखि तल्लो भागमा रहेका उकबहादुर सारु, खड्ग बहादुर केसी, विष्णु खाम्चा लगायतको घरमासमेत क्षति पुगेको छ ।

राजमार्गदेखि ५ सयमिटर माथिबाट पहिरो खसेको छ । झण्डै सय मिटर लामो पहिरो खुलाउन भने आइतबार सम्भव नरहेको प्रहरी चौकी प्रभासका प्रमुख भरत थापाले जानकारी दिए । पहिरो ठूलो भएको र माटो फाल्ने ठाउँ नजिक नभएकाले पहिरो हटाउन समस्या रहेको छ । ९ बजे पहिरो खसेपनि अपराह्न साढे १ बजेसम्म सडक डिभिजनको डोजरले काम सुरु गरेको छैन ।

आइतबार बिहान सबेरैदेखि सडक अवरुद्ध भएकाले सयौं सवारी साधन र यात्रुबीच बाटोमै अलपत्र परेका छन् । सिद्धबाबा क्षेत्र, राम्दी क्षेत्रमासमेत पहिरो खसेको र एकतर्फी खुलेर सवारी साधन सञ्चालन भएपनि डुम्रेको तल्लो र माथिल्लो भागमा सवारी साधनको ठूलो लाइन लागेको स्थानीय नरबहादुर बुंचाले जानकारी दिए ।

राजमार्गबाट माथिल्लो गाउँमा सडक लैजान अघिल्लो वर्ष स्तरोन्नति गर्दा तीन घुम्ती बनाएको र सोही क्षेत्र पूरै बगाएर ल्याएको स्थानीयले बताए ।

प्रकाशित : भाद्र १३, २०७८ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?