१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रूपन्देहीमा बाढी : १५ घर भत्किए, एक जना बेपत्ता

अमृता अनमोल

बुटवल — रूपन्देहीमा बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन् । दानव नदीमा आएको बाढीले सम्मरीमाई गाउँपालिका–३ प्रिपहवाका २३ वर्षीय बब्लु लोधलाई बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए । 

रूपन्देहीमा बाढी : १५ घर भत्किए, एक जना बेपत्ता

थापाका अनुसार लोध बिहान ५ बजे बाढीले बगाएका दाउरा बटुल्ने क्रममा बेपत्ता भएका थिए ।

बाढीले जिल्लाका १५ घर बगाएको छ । रोहिणी, ओमसतिया र कञ्चन गाउँपालिकाका १४ कच्ची र बुटवल उपमहानगरपालिका–१२ सिर्जनाटोलका हरि ढकालको चारकोठे पक्की घर भत्किएको हो ।


रोहिणी, ओमसतिया, मर्चवारी, सम्मरीमाई, कञ्चनलगायत क्षेत्रमा बढी क्षति गरेको छ । त्यस क्षेत्रका करिब एक सय घरपरिवार विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सार्ने काम जारी राखेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

तीन दिनदेखिको वर्षा अझै रोकिएको छैन । क्षति अझ बढ्ने आकलनका साथ जोखिमयुक्त ठाउँमा उद्धारकर्मी खटाइएको छ।


प्रकाशित : भाद्र ११, २०७८ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?