कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भौतिक उपस्थितिमै पढाइ

रुकुम पूर्व — रुकुम पूर्वका दुई पालिकाका विद्यालयमा पढाइ सुरु भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना र आलोपालो गरेर भौतिक उपस्थितिमै पुथाउत्तरगंगा र भूमे गाउँपालिकामा पढाइ सुरु भएको हो ।

भौतिक उपस्थितिमै पढाइ

पुथाउत्तरगंगाका ५४ विद्यालयले पढाइ थालेका छन् । विद्यार्थी र शिक्षक आलोपालो गरी आउँछन् । गाउँपालिकाले गरेको कोरोना परीक्षणमा शिक्षकहरूको रिपोर्ट नेगेटिभ आएपछि विद्यालय खोलिएको हो ।

लामो समयदेखि पढाइ नभएको र अरू विधिबाट सम्भव नभएपछि भौतिक उपस्थितिमै पढाउन थालिएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही मल्लले बताइन् । जिल्लामा संक्रमण कम भएकाले पढाइ थालिएको पालिकाले जनाएका छन् ।

प्रकाशित : भाद्र २, २०७८ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?