कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चट्याङ लागेर गुल्मीमा दुईको मृत्यु, ६ घाइते

वीरेन्द्र केसी

गुल्मी — चट्याङबाट गुल्मीमा दुई जनाको निधन भएको छ ।  इस्मा गाउँपालिका–४ का ११ वर्षीय राहुल गन्धर्व र मालिका गाउँपालिका–२ का २८ वर्षीय कमला प्रतेलको चट्याङ लागेर मृत्यु भएको गुल्मी प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

बुधबार राति मोबाइल चार्ज गर्ने क्रममा चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते भएका राहुलको गुल्मी अस्पतालमा उपचारका क्रममा निधन भएको पाण्डेले बताए । उनीसँगै ४२ वर्षीय उनका बाबु रामबहादुर गन्धर्व घाइते छन् ।

अर्घाखाँची मालारानी गाउँपालिकाकी २५ वर्षीय रुपा नेपाली, उनका भतिज ११ वर्षीय किस्मत नेपाली गम्भीर घाइते छन् । रामबहादुरसहित उनीहरुलाई गुल्मी अस्पतालबाट राति नै लुम्बिनी मेडिकल कलेज पाल्पामा थप उपचारका लागि लगिएको छ । त्यस्तै राधा खत्री, गोमा खत्री, शर्मिला खत्रीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रकाशित : श्रावण २८, २०७८ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?