कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पेस्तोलसहित दुई भारतीय पक्राउ

दुर्गालाल केसी

दाङ — पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पेस्तोलसहित दुई भारतीय पक्राउ

गढवा गाउँपालिका–१ जुरौलीस्थित पूर्व–पश्चिम राजमार्गमा शंकास्पद रूपमा हिँडिरहेका भारतको सिद्धाथनगर नगरपञ्चायत वडा नम्बर–३ का २२ वर्षीय करमुल्लाह आमिर र वडा–८ का १९ वर्षीय राजा खानलाई अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने दुई वटा म्यागजिन र दुई राउन्ड गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी र अस्थायी प्रहरी पोस्ट कालाकाटेको टोलीले सोमबार बेलुकी करिब ५ बजे पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए । उनीहरू हतियार बेच्न नेपाल आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र हतियार किन्न खोज्नेको पनि खोजी गरिरहेको उनले बताए । उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको दाङ प्रहरी प्रमुख एसपी सुरेस काफ्लेले बताए ।

प्रकाशित : श्रावण १९, २०७८ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?