कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

स्रोत नखुलेको रकमसहित दुई पक्राउ

नवीन पौडेल

परासी — स्रोत नखुलेको भारतीय र नेपाली रुपैयाँसहित पश्चिम नवलपरासीमा दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको बर्दघाट नगरपालिका भटौलियाबाट सोमबार ३२ लाख ९० हजार रुपैयाँसहित दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्रोत नखुलेको रकमसहित दुई पक्राउ

पक्राउ पर्नेहरुमा भारत महाराजगञ्ज ठूठीबारी ग्राम पञ्चायत मर्चवारका २७ वर्षीय समिर खान र पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका–२ का ३५ वर्षीय योगेन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजु लामाले बताए ।

प्रहरीका अनुसार ९ लाख भारतीय रुपैयाँ र १८ लाख ५० हजार नेपाली रुपैयाँ रहेको छ । विशेष सूचनाको आधारमा मोटरसाइकलमा सवार उनीहरुले बोकेको झोलाबाट रकम बरामद भएको हो । बरामद भएका भारतीय रुपैयाँमा २ हजार र ५ सयका नोट छन् । भने नेपाली रुपैयाँमा १ हजार र ५ सयका नोट छन् ।

पक्राउ परेका युवाले ठूठीबारीस्थित जयसवाल बस्त्रायका साहुले बर्दघाट छाड्न पठाएको बताएका छन् । उक्त रकम के प्रयोजनका लागि पठाइएको भन्नेबारे ठोस प्रमाण फेला नपरेपछि प्रहरीले पक्राउ गरेको हो ।

भारतीय रुपैयाँ सटही गर्दा कारोबारीहरुले उपभोक्तासँग प्रति सयकडा ५ रुपैयाँ बट्टा काटेर कारोबार हुने भएकाले दिने गरेको एक कारोबारीले ठूलो मात्रामा भारतीय नोटको कारोबार गर्ने गर्दछन् । बरामद भएका रकम स्रोत नखुलेकोले आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाउने तयारी छ ।

सीमावर्ती बजारहरुमा अहिले भारतीय रुपैयाँको कारोबार बढेकाले नेपाली बजारमा भारतबाट अवैध रुपमा रकम पठाउने गरिन्छ ।

प्रकाशित : श्रावण १८, २०७८ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?