एटिएम तोडफोडको आरोपमा दुई किशोर पक्राउ

दुर्गालाल केसी

दाङ — बैंकको एटिएम तोडफोड गरेको आरोपमा घोराहीमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १३ मङलेरीका १८ वर्षीय सुवास विक र सुन्दरनगर टोलका १८ वर्षीय प्रकाश भुसाल छन् ।

मंगलबार राति घोराही १५ शहीद गेट नजिकैको कुमारी बैंक लिमिटेडको एटिएम मेसिन तोडफोड गरी फरार भएका ती किशोरहरुलाई शनिबार घोराही १५ मा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी मुकुन्दप्रसाद रिजालले बताए । उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित : श्रावण १७, २०७८ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?