१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

प्रदेश सांसद वली नेपालगन्जमा हुनुहुन्छ : प्रहरी

'घाँटीमा समस्या देखिएकाले फोन नउठाएको बताउनुभएको छ । अरू कुनै समस्या भएको देखिएन ।’ -एसपी सुरेशप्रसाद काफ्ले
दुर्गालाल केसी

दाङ — माओवादी केन्द्रले आफूहरूको सम्पर्कबाहिर रहेकी भनेको लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्री वली नेपालगन्जमा रहेको प्रहरीले बताएको छ । 

प्रदेश सांसद वली नेपालगन्जमा हुनुहुन्छ : प्रहरी

उनी फोन सम्पर्कमा आएको र उपचारका क्रममा नेपालगन्जमा रहेको जानकारी दिएको दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले बताए । ´मैले उहाँसँग फोनमा कुरा गरेको छु । उहाँ ठीक हुनुहुन्छ । उपचारका लागि नेपालगन्ज छु भन्नुभएको छ,' एसपी काफ्लेले भने, 'घाँटीमा समस्या देखिएकाले फोन नउठाएको बताउनुभएको छ । अरू कुनै समस्या भएको देखिएन ।’

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्बाङले पनि सांसद वली सम्पर्कमै रहेको बताए । फोनमा कुरा भैरहेको र कुनै समस्या नरहेको उनको भनाइ छ ।

वली दाङ ३ (ख) की सांसद हुन् । एमालेबाट निर्वाचित पति उत्तरकुमार वलीको मृत्यु भएपछि उनी उपनिर्वाचनमार्फत चुनिएकी हुन् । तत्कालीन नेकपाबाट जितेकी उनले पार्टी विभाजनपछि भने माओवादी केन्द्र रोजेकी थिइन् । यद्यपि एमालेले सूर्य चिन्हबाट लडेको सांसद भन्दै उनलाई सत्तापक्षमा कुर्सी राख्न प्रदेश सभालाई पत्राचार गरेको थियो । माओवादी केन्द्रले एमालेले उनलाई आफ्नो कब्जामा लिएको आरोप लगाएको छ ।

प्रकाशित : श्रावण १६, २०७८ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?