लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेटवार्ता 

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री शंकर पोखरेलबीच भेटवार्ता भएको छ । शुक्रबार पदभार ग्रहण गरेका शेरचनलाई पोखरेलले शनिबार बिहान स्वागतसहित भेट गरेका हुन् ।

लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेटवार्ता 

शुक्रबार प्रदेश प्रमुख आउँदा स्वागतका लागि सरकारका कुनै पनि मन्त्री सहभागी भएका थिएनन् । पदबहालीमा सरकारका प्रतिनिधि सहभागी नहुनुले सरकारले मर्यादापालन नगरेको भन्दै आलोचना भएको थियो ।

शनिबार दिउँसो विपक्षी गठबन्धनले स्वागतसहित तथा सशरीर उपस्थित भएर मौखिक रुपमा आफ्नो बहुमत दाबी गर्ने कार्यक्रम तय भएपछि त्यसअघि प्रदेश प्रमुखलाई भेट्न मुख्यमन्त्री पुगेका हुन् । भेटमा सरकारले गरेका काम, प्रगति र अहिलेको अवस्थाबारे जानकारी गराएका गराए ।

त्यसक्रममा प्रदेश प्रमुख शेरचनले संविधान र कानुनलाई टेकेर प्रदेशलाई अगाडि बढाउन र नमुना बनाउन लाग्नुपर्ने बताएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण १६, २०७८ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?